Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रचण्डले भने- ओलीले पटक पटक छल र बेइमानी गरे


    सोमबार, पुष ६ २०७७
    5.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी शर्मा ओलीमा कल्पनै गर्न नसकिने छलकपट भएको बताएका छन्।

    सोमबार बानेश्वरमा प्रचण्ड-माधव कुमार नेपाल निकट सांसदहरूको संसदीय दलको बैठकमा बोल्दै उनले ओलीले पटक पटक छल, बेइमानी गरेकाे बताए।

    ‘उहाँमा(प्रधानमन्त्री) छल, बेइमानी यति धैरे भयो कि कल्पनै गर्न सक्दिनँ’, बैठकमा बोल्दै उनले भने।संवैधानिक नियुक्ति विषयलाई लिएर प्रधानमन्त्रीले ढाँटेको उनले बताए।

    ‘उहाँले स्थायी कमिटीमै संवैधानिक नियुक्ति गरेको छैन भन्नु भयो तर उहाँ कमिटी बैठकमा नांगिनु भयो’, उनले भने। आइतबार बिहान संसद भग्न हुनेबारे आफूलाई जानकारी आएकोबारे सोध्दा पनि त्यसबारे प्रधानमन्त्रीले केही नबताएको उनको दाबी छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार