Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संसद विघटनविरुद्ध बानेश्वरमा हस्ताक्षर संकलन


    सोमबार, पुष ६ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि त्यस विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन सुरु गरेका छन् ।

    संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् । हस्ताक्षर कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड, वरिष्ठ नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, नेताहरू वर्षमान पुन, गिरिराजमणि पोखरेललगायत नेताहरू पनि सँलग्न छन् ।

    ओलीले दिउँसो ३ बजे देशवासीका नाममा सम्बोधन गर्न लागेका छन् । ओलीले बिहान विघटित संसदका आफू पक्षीय सदस्यसँग परामर्श गरेका थिए । ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार