सञ्जय मिश्रा
बारा । बारा बरियारपुरस्थित लागेको बिश्व प्रसिध्द पंचवर्षीय गढीमाई मेलाको आज दोस्रो मुख्य दिन बोकाको बली प्रदान बिहानैदेखि सुरु भएको छ।
भाकल पूरा भएर बोकाको बली चढाउन नेपालका साथै भारतको बिभिन्न स्थानबाट आज लाखौं मानिस गढीमाई मेलामा आउने क्रम जारी रहेका छन्।
बोका लिएर आउने मानिसको आज बिहानैदेखि घुईचो लागेको छ। गढीमाई मेलाको चौतर्फी बाटो हुँदै बोका लिएर आउने हजारौँ मानिसको घुईचो देखिएको छ। तर ट्राफिक व्यवस्थापन फितलो भएको कारण बोका लिएर आउने मानिस कठिनाइ परिरहेको देखिएको छ।
पंचवर्षीय गढीमाई मेलामा बिगतको तुलनामा ट्राफिक व्यवस्थापन चुस्त दुरुस्त रहेको आयोजकको भनाई यथार्थमा बिपरित देखिन्छ। नेपालको मुख्य द्वार विरगन्ज कलैया हुँदै बघवन चौक सम्मको ट्राफिक व्यवस्थापन राम्रो देखिन्छ। तर बघवन गाउँ छेउ पसाहा नदीको पुल देखी मेलासम्मको ट्राफिक व्यवस्थापन फितलो रहेको छ।
जताततैबाट गलत साईडमा आएको सैयौं मोटरसाईकल, टेम्पो, बस, जिप, ट्याक्टरले पसाहा पुल बिहानैदेखि पूर्णरुपमा अवरुद्ध भएको छ।
बिहान ७ बजेदेखि नै बोका लिएर सैयौं भक्तजन पुलमाथि अलपत्र परेका छन्। कैयौं मानिस पुलको तल बाट पानी हुँदै बोका लिएर गढीमाई मन्दिरतर्फ बढेको देखिन्छ। आइतबार साँझ पसहा पुलमा झण्डै १ घन्टा पैदल मानिस हिंड्ने अवस्था थिएन।
त्यसैगरी आईतवार बेलुकी ६ बजेपछि मेलाको चौतर्फी ट्राफिक ब्यवस्था अलपत्र देखिएको थियो । पंचवर्षीय गढिमाई मेलाको अवसरमा मेला लागेको स्थान बरियारपुर देखी १५!२० किलोमिटर टाढा देखिनै सवारी साधनको अत्यधिक चाँप देखिएको छ।
बारा महागढीनाई नगरपालिका १ बरियारपुर स्थित विश्व प्रसिद्ध गढीमाई मेला मंसिर १ गतेदेखि सुरु भएको छ । गढीमाई मेलाको मुख्य दिन हिजो आईतवार करीब १० हजार राँगाको बली प्रदान गरिएको मेला आयोजक समितिले जनाएको छ ।
मन्दिरका मूल पुजारी मंगल चौधरी संग मिलेर बिशेष पूजा गरेपछि मूल तान्त्रिक रौतहट गुजरा नगरपालिका ३ सिमारी गाउँका उमाशंकर कछाडिया धामीले आफ्नो सरीरको ५ स्थानबाट रगत निकालेर देवीलाई चढाएपछि पशु बली सुरु भएको थियो। मूल तान्त्रिक ले आफ्नो सरीरबाट रगत निकालेर चढाउने विधिलाई नर बली भन्ने गरिन्छ।
समाजसेवी त्रिपाठीका अनुसार मेलामा बली प्रदान गरिएको बोकाको संख्या भने यकिन हुने अवस्था देखिएन। बघवनका समाजसेवी हरिनारायण त्रिपाठीले मेलाको पश्चिम बाट पसाहा नदीको पारी जता पनि बोकाको बली दिइन्छ।
त्यस्तै पूर्व , उत्तर दक्षिण तर्फ बाट बोका लिएर आउने भक्तजनले महा गढीमाई नगरपालिका भित्र कुनै पनि स्थानमा गढीमाईको नामले बली दिने ब्यवस्था गरिएको छ। तथापी पंचवर्षीय बिश्व प्रसिध्द गढीमाई मेलामा भाकल पूरा भएका लाखौं मानिस बोका ल्याएर बली दिएर जान्छन तर संख्या यकिन नहुने समाजसेवी त्रिपाठीले जानकारी दिएका छन्।
तर पनि अनुमानको आधारमा ५० हजार भन्दा बढी बोकाको बली र एकलाखको हाराहारीमा गढीमाई मन्दिरमा परेवा उडाउने गरेको उनको भनाइ रहेको छ।
विश्वमै पशु बलिको रुपमा प्रख्यात रहेको बरियारपुर गढीमाई मेलामा अहिले सम्म देश बिदेश बाट दर्शनार्थीहरु आउने क्रम जारी रहेको छ । यस बर्षको मेलामा करिब ३ करोड दर्शनार्थी मेलाको अवलोकन गर्ने मेला समितिले अनुमान गरेको छ ।
पुत्रलाभ, असाध्य रोग निको हुन, कुनै दुर्घटना हुँदा वा अचानक बिरामी पर्दा निको पार्न अभिभावकले गढिमाई मन्दिरमा परेवा उडाउने, बोका, राँगाको बली चढाउने भाखल गर्दछन्।
विश्व प्रसिद्ध गढीमाई मेला प्रत्येक पाँच बर्षमा लाग्ने गर्छ । मंसिर १ गतेदेखि सुरु भएको गढीमाईको मेला मंसिर ३० गते सम्म चल्नेछ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend