Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कांग्रेसले बोलायो सर्वदलीय बैठक, ओलीको कदमबारे छलफल हुने


    सोमबार, पुष ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलाएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न कांग्रेसले दिउँसो चार बजे पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए । बैठकमा प्रधानमन्त्री ओलीको कदमलाई कसरी सामना गर्ने भन्ने विषयमा छलफल हुने छ ।

    संसद विघटन गर्ने र आगामी वैशाखमा मध्यावधि निर्वाचन गर्ने ओलीको कदमको अहिले सर्वत्र विरोध भइरहेको छ ।कांग्रेसका नेताहरुले पनि ओलीको कदमको विरोध गर्दै अब सशक्त प्रतिरोध गर्नुपर्ने आवाज उठाउँदै आएका छन् ।

    यसअघि हिजाे सत्तारूढ नेकपासहितका प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले संसद् विघटनप्रति संयुक्त रुपमा विरोध गर्ने निर्णय गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार