Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विशेषाधिकार प्रयोग गर्नेबारे सभामुख विज्ञहरुसँग छलफलमा


    आइतबार, पुष ५ २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारले संघीय संसद विघटन गरेसँगै सभामुख अग्निप्रसाद सापकोटा आफ्नो भावी कदमका विषयमा विज्ञहरुसँग छलफलमा जुटेका छन् ।

    सभामुख निकट स्रोतका अनुसार उनले संसदमा रहेका दलहरु, संविधानका विज्ञ र सांसदहरुसँग छलफल गर्दैछन् । ‘संसदमा रहेका दलहरु र बहुमत सांसदहरु संविधानको धारा १०३ प्रयोग गरौं भन्दै आए भने के गर्ने भनेर सभामुख विज्ञहरुसँग छलफलमा हुनुहुन्छ’ ।

    संविधानको धारा १०३ मा संसदको विशेषाधिकार सम्बन्धी व्यवस्था छ । ‘यस संविधानको अधिनमा रही संघीय संसदको प्रत्येक सदनलाई आफ्नो काम कारबाही र निर्णय गर्ने पूर्ण अधिकार रहनेछ र सदनको कुनै कारबाही नियमित छ वा छैन भनी निर्णय गर्ने अधिकार सम्बन्धित सदनलाई मात्र हुनेछ । यस सम्बन्धमा कुनै अदालतमा प्रश्न उठाइने छैन’, संविधानको धारा १०३ को उपधारा २ मा भनिएको छ ।

    सभामुखले संविधानमा उल्लेखित विशेषाधिकार प्रयोग गर्न सक्ने वा नसक्ने, कुन अवस्थामा सक्ने वा सभामुखले यो अधिकार प्रयोग गरेर अधिवेशन नै आह्वान गरेको अवस्थामा अदालतमा मुद्दा परे के हुन्छ ? भन्ने जस्ता विषयलाई सभामुखले विशेष चासो राखेर संविधानविद, कानुनविदहरुसँग छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार