काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि राजनीतिक घटनाक्रम तीव्र रुपमा विकास भएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको सिफारिसबमोजिम आगामी बैशाख २१ र २७ मा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरी संसद विघटन गरेकी छन् ।
नेपाल कम्युनिष्ट पार्टीलाई जनताले २०७४ मंसिरमा भएको निर्वाचनमा झन्डै दुईतिहाई बहुमतका साथ सरकारमा पठाएका थिए । स्थीर सरकारको चाहनाका साथ जनादेश दिए पनि प्रधानमन्त्री ओलीले ३ बर्षमै संसद विघटन गरेका छन् । पार्टीमा स्पष्ट अल्पमतमा परेका ओलीले संसद अधिवेशन बोलाउनासाथ आफूलाई अविश्वास प्रस्ताव ल्याएर प्रधानमन्त्रीबाट हटाउने संभावना देखेपछि संसद नै विघटन गर्ने असवैधानिक बाटो रोजेका छन् ।
प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि पूर्वमाओवादीतर्फका ५ मन्त्रीलाई राजीनामा दिन नेकपा अध्यक्ष प्रचण्डले निर्देशन दिएका छन् । गृहमन्त्री रामबहादुर थापा, उद्योग मन्त्री लेखराज भट्ट शिक्षामन्त्री गिरिराजमणि पोखरेल, ऊर्जामन्त्री बर्षमान पुल, वनमन्त्री शक्तिबहादुर बस्नेत, खानेपानी मन्त्री विना मगर, श्रममन्त्री रामेश्वर यादवलाई राजीनामा दिन निर्देशन दिएका छन् ।अध्यक्ष प्रचण्डले निर्देशन दिए पनि पूर्वमाओवादी खेमाका उद्योग मन्त्री लेखराज भट्टले राजीनामा नदिने एकीन छैन ।
माधव नेपाल पक्षबाट मन्त्री नै छैनन् । उनको टीमबाट महाधिवेशनमा उपमहासचिव र सचिव जितेका घनश्याम भूसाल र योगेश भट्टराईलाई पनि राजीनामा दिन दबाब परेको छ । नेकपाका बरिष्ठ नेता झलनाथ खनालले ओलीको मन्त्रिपरिषदबाट राजीनामा दिन नेकपाका मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend