Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बालुवाटार फर्किए प्रधानमन्त्री ओली, राष्ट्रपतिसँग करिब एक घण्टा छलफल


    आइतबार, पुष ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद् विघटनकाे सिफारिस लिएर राष्ट्रपति कार्यालय पुगेका प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर बालुवाटार फर्किएका छन्।

    आइतबार बिहान मन्त्रिपरिषद् बैठक राखी संसद् विघटन गर्न सिफारिस गर्ने निर्णय गराएका ओली बैठक लगत्तै राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए।

    राष्ट्रपतिसँग करिब एक घण्टा छलफल गरेका ओलीले संसद् विघटन गर्न सिफारिस गरेको पत्र राष्ट्रपतिलाई दिएको बताइएको छ । तर प्रधानमन्त्रीले संसद् विघटनको सिफारिस गर्ने पत्र राष्ट्रपतिलाई दिए/नदिएकोबारे कुनै जानकारी प्राप्त भएकाे छैन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार