Nepal Face
  • आइतबार, १० साउन २०८३
  • वैशाख २३ गते आम चुनाव गर्ने प्रधानमन्त्री ओलीकाे प्रस्ताव


    आइतबार, पुष ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

    संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

    यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।

    प्रधानमन्त्री ओलीले आइतबार बिहान आकस्मिक रूपमा बालाएकाे मन्त्रिपरिषद् बैठकले संसद् विघटनका लागि सिफारिस गर्ने निर्णय गरेकाे थियाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार