Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारीमा जुट्याे नेकपा


    आइतबार, पुष ५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीलाई कारवाही गर्ने तयारी नेकपाले थालेकाे छ ।

    नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनालसहितका बहुमत सचिवालय सदस्‍यहरुले स्थायी कमिटीको बैठकबाट प्रधानमन्त्री ओलीलाई कारवाही गर्ने तयारी थालेका हुन् ।

    आज नेकपाको स्थायी कमिटीको बैठक बस्दै छ। प्रधानमन्त्री ओली बैठकमा सहभागि नहुने अडानमा छन् । तर, सोही बैठकले ओलीमाथि कारवाहीको निर्णय गर्ने तयारी भइरहेको नेकपाका एक स्थायी कमिटी सदस्यले जानकारि दिए ।

    त्यसैकाे तयारीका लागि अहिले प्रचण्ड-नेपाल समूह आन्तरिक छलफलमा जुटेका स्राेतले बतायाे । पछिल्लाे समय नेकपाभित्र विवाद चर्काे रूपमा बढ्दै गइरहेकाे छ । नेकपामा देखिएकाे विवादकै कारण प्रधानमन्त्रीसमते रहेका अध्यक्ष ओलीले अध्यादेश देखि संसद विघटन गर्नेसम्मका प्रस्ताव गरिरहेका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार