Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेताहरुबीच सघन छलफल भैरहेकोले विवाद छिट्टै हल हुन्छ : नेता पाण्डे


    शनिबार, पुष ४ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले पार्टीभित्रको विवाद हल हुने र पार्टी एकताबद्ध ढंगले अघि बढ्ने दाबी गरेका छन् । 

    उनले नेताहरुबीच सघन छलफल तथा वार्ता भैरहेकोले विवाद छिट्टै हल हुनेमा आफू पूर्ण विश्वस्त रहेको शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बताए । 

    उनले आफ्नो अनुभुति पार्टी विभाजन नहुने सुनाए । उनले भने,‘पार्टी विभाजनको कसैको चाहना होला, तर पार्टी चाहीँ विभाजन हुँदैन्। तर, विश्वास गरौं पार्टी विभाजन हुँदैन् । अध्यक्षद्धय ओली र दाहालबीच सम्झौता हुने मात्रै होईन, सबै नेताबीच सहमति हुन्छ । छलफल र सम्वाद जारी छ । प्रधानमन्त्री हटाउने कुरा भएको छैन् । राष्ट्रपतिले संविधानको पूर्ण पालना गर्नुभएको छ । उहाँले गर्नुपर्ने काम गर्नुभएको छ ।’

    उनले संविधान कार्यान्वयन भैसकेको अवस्था सुनाउँदै अब मुलुकलाई एउटा नयाँ दिशामा लैजानुपर्ने सुनाए । उनले अहिले सडकमा व्यवस्था विरोधी आन्दोलन सडकमा देखिएपनि त्यसको कुनै अर्थ नभएको बताए । 

    ‘सानो/सानो समूह र झुण्डहरु गणतन्त्रको विरुद्धमा नारा लगाएका छन्, राजतन्त्र यो देशमा फर्किँदैन । धमिलो पानीमा माछा मार्ने काम नगरे हुन्छ,’ उनले भने । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार