Nepal Face
  • आइतबार, १० साउन २०८३
  • खुमलटारमा ओली–प्रचण्डबीच छलफल सुरु


    शनिबार, पुष ४ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ ।  नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेका छन् । पार्टीभित्र जारी रहेको आन्तरिक विवादका बारेमा छलफल गर्न उनी प्रचण्ड निवास खुमलटार पुगेका हुन् । पछिल्लो समय प्रचण्ड, माधव नेपालसहितका नेताहरुले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट ओलीको राजीनामा माग्दैआएका छन् । जसका कारण नेकपाको सरकार गतिहीन जस्तै छ । संवैधानिक नियुक्ति सबै अड्किएका छन् ।

    खुमलटारमा  अहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहालुप्रचण्डुबीच छलफल भइरहेको जानकारी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जनाएका छन् । 

    पार्टीभित्रको विवादका कारण प्रधानमन्त्री ओलीले संवैधानिक निकायका नियुक्रिको गाँठो फुकाउन बहुमतका आधारमा संवैधानिक परिषदबाट निर्णय गर्नसक्ने गरी अध्यादेश ल्याएपछि विवाद चर्किन पुगेको थियो । संवैधानिक परिषद सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता गर्ने भने पनि प्रधानमन्त्री ओलीले नगरेपछि उनी सहमतिबाट पछि हटेको आरोप लागेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार