Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • केपी ओली खुमलटारमा, नेकपाको विवाद के होला ?


    शनिबार, पुष ४ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौ । झन्डै दुई तिहाई बहुमत पाएको नेपाल कम्युनिष्ट पार्र्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । नेकपाभित्रको आन्तरिक विवाद पेचिलो बनेको बेला आज प्रधानमन्त्री ओली कार्यकारी अध्यक्ष प्रचण्डको निवासमै भेटवार्ताका लागि जाँदैछन् ।

    खुमलटारमा दुबै अध्यक्षबीच ‘वान टु वान’ छलफल हुन लागेको बालुवाटार स्रोतले जानकारी दिएको छ । पहिलो पटक नेकपाका दुई अध्यक्षबीच  बालुवाटार बाहिर छलफल हुन लागेको हो । हिजो साँझ पनि ओली–प्रचण्डबीच बालुवाटारमा भेटवार्ता भएको थियो । अहिले बिहान १० बजे प्रधानमन्त्री खुमलटार पुग्ने कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने सहमति पार्टीमा गरे पनि मन्त्रिपरिषदको बिहीबारको बैठकबाट नलिएपछि नेकपामा झन् विवाद चर्किएको छ । र, उनी सहमतिबाट पछि हटेको आरोप कार्यकारी अध्यक्ष प्रचण्डसहितका नेताले लगाएका छन् ।

    प्रधानमन्त्री ओली पक्ष भने पार्टीमा पेश भएको राजनीतिक प्रस्ताव फिर्ता लिएमात्र अध्यादेश फिर्ता लिने भन्दै बोली फेर्न थालेको छ । बुधबार अध्यादेश फिर्ता लिने र राष्टपति कार्यालयमा ८० जना सांसदले विशेष अधिवेशन माग गर्दै  बुझाएको हस्ताक्षर फिर्ता लिनेमात्र सहमति भएको प्रचण्ड माधव नेपाल पक्षको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार