काठमाडौं, ३ बैशाख ।
लकडाउन घोषणा भएको आज २४ दिन भइसकेको छ । ज्याला मजदुरी गर्ने र अति विपन्न ब्यक्तिसँग २४ दिनसम्म खाद्यान्न संचित गर्ने आर्थिक हैसियत हुँदैन । काठमाडौंमा आएर बसेका मध्यमबर्गीय परिवारसँग नै खाद्यान्नको मौज्दात सकिइसकेको छ । सरकारले स्थानीय तह काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाका जनप्रतिनिधिलाई यो महामारीमा पनि भोटको राजनीति गर्ने भूत सवार भएको छ ।
मजदुर र विपन्न जो भोकै परेका छन् । वडा वडाबाट प्रथमतः मानवताका आधारमा तिनै भोकालाई दिनुपर्ने राहत तीन तले घर भएका र धनीमानीलाई दिइएका गुनासा आइरहेका छन् । पहुँच नभएका ती विपन्न नागरिक आफ्नो गाउँमा हिंडेर समेत जान नपाउने अपराधपूर्ण काम भइरहेको छ । आजैमात्र काभ्रेबाट रामेछाप, सिन्धुली, दोलखा, ओखलढुंगा, खोटाङ जिल्लामा हिंड्दै जान लागेका तिनै गरिबलाई फर्काइएको छ ।र तराईका महोत्तरी, बारा, पर्सा, सिराहा, सप्तरीलगायतका जिल्लामा जानेहरुलाई पनि जानबाट रोकिएको छ ।
न कोठामा खाने खाद्यान्न छ, न त तरकारी किन्ने पैसा छ । यस्तो अवस्थामा रोगले भन्दा पनि भोकले मर्ने अवस्था उत्पन्न भएपछि हिन्दी उखान ‘मरता क्या नहीँ करता’ भनेझैं मानिस राति राति बच्चाबच्ची बोकेर गाउँमा जान खोज्दा पनि रोक्ने काम भएको छ ।
यसरी हिंडेर घरजान खोज्दा पनि लकडाउनको नाममा रूख ढाल्ने, तगारा–भाटा हाल्ने, बाटो खन्ने लगायतका आवागमन अवरोध गर्ने काम युद्धमा समेत बर्जित कार्य हो । युद्धमा समेत गर्नु नहुने कार्य रोकेर हिंडेर जान चाहनेलाई घर जान दिनुपर्छ । सरकारले उपत्यका बाहिर जान चाहनेहरुलाई ब्यवस्थित रुपमा जान दिनुपर्छ । जुन कुरा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले समेत केही दिनअघिको अन्तर्वार्तामा भनेका छन् । यदि दिइएन भने यसले भारतको मुम्बई, सुरत जस्ता सहरमा मजदुरले जस्तै बिद्रोह काठमाडौंमा नहोला भन्न सकिन्न ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend