Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


    शुक्रबार, पुष ३ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच भेटवार्ता भएको छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा आज साँ भएको दुई अध्यक्षबीचको भेटमा सहमति कार्यान्वयनका सन्दर्भमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दियो ।

    प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  बालुवाटार पुगेका थिए ।
    स्थायी कमिटी बैठक बस्नुअघि दुई अध्यक्षबीच संवैधानिक परिषदसम्वन्धी अध्यादेश फिर्ता लिने र संसद आव्हानका लागि राष्ट्रपतिसमक्ष समावेदन प्रस्तुत गर्ने विषय फिर्ता गर्नेबारे सहमति भएको थियो ।

    प्रचण्ड पक्षले सहमति कार्यान्वयन गर्दै राष्टपति समक्ष समावेदन गरेनन् भने अहिलेसम्म प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिने विषयमा पहल गरेको छैन ।

    यसैबीच प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेताहरुको भेला संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता नभए थप एक्सनमा जाने निर्णय गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार