काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको प्रदेशस्तरीय भेला सकिएको छ ।
नेकपा जनवर्गीय संगठनको कार्यालय पेरिसडाँडामा शुक्रबार मध्यान्ह्बाट सुरु भएको भेलामा प्रचण्ड–नेपाल समूहनिकट प्रदेश १ का जिल्ला अध्यक्ष तथा सचिवहरू सहभागी रहेका थिए ।
भेलामा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नेपाल र वरिष्ठ नेता नेता झलनाथ खनालले आफूनिकटका कार्यकर्तालाई पछिल्लो राजनीतिक घटनाक्रमबारे ‘ब्रिफिङ’ गरेका थिए ।
यसअघि पनि प्रचण्ड र नेपाल समूहले बागमती प्रदेश र विद्यार्थीहरूको भेला गरेका थिए । साथै स्थानीय तहमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरूको पनि भेला हुँदै आएको छ । पछिल्लाे समय नेकपाभित्रकाे विवाद पार्टी दुर्घटना तर्फ अग्रसर देखिएकाे चर्चा चलिरहेकाे छ ।
प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली एकलाैटी ढंगबाट अगाडि बढ्न थालेकाे भन्दै प्रचण्ड–नेपाल समूह गुटगत भेला गर्नमा व्यस्त रहेका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend