Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपाल प्रहरीका २८ कर्मचारी सम्पर्कविहीन, सेवाबाट हटाउने चेतावनी


    सोमबार, मंसिर १० २०८१
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं – नेपाल प्रहरीले एक जना प्रहरी नायव निरीक्षकसहित सम्पर्कविहीन २८ कर्मचारीलाई कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ ।

    प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सूचना जारी गर्दै केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेका र खोजतलास गर्दा समेत सम्पर्कमा नआएका २८ कर्मचारीलाई ७ दिनभित्र कार्यालयमा उपस्थित हुन भनेको हो ।

    जसमा एक जना प्रहरी नायव निरीक्षक, एक प्रहरी वरिष्ठ हवल्दार र एक प्रहरी सहायक हवल्दारसहित २८ जना सम्पर्कविहीन छन् ।उनीहरुलाई ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाइने चेतावनी समेत कार्यालयले दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार