काठमाडौं । गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई कोरोना संक्रमण भएपछि प्रहरीको उच्च तहको बढुवा प्रभावित भएको छ ।
यही हप्ता प्रहरी नायब महानिरीक्षक(डिआइजी)को बढुवा गर्ने गृह मन्त्रालयको तयारी थियो । एआइजी, डिआइजी र एसएसपी बढुवाको सिफारिस समितिको अध्यक्ष गृह सचिव हुन्छन् ।
सचिव न्यौपानेलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । उनी केही दिनअघि तराई घुमेर आएका थिए । स्वास्थ्य अवस्था सामान्य रहेको र उनी घरमै आइसोलेसनमा बसेका छन् । सचिव आइसोलेसनमा बस्नुपर्ने भएपछि बढुवा सिफारिस समितिको बैठक बस्न नसक्ने भएकाले बढुवा प्रक्रिया केही साता लम्बिने भएको छ ।
हाल डिआइजीको नौ पद रिक्त छन् । जसमा २५ भन्दा धेरै एसएसपी प्रतिस्पर्धामा छन् । सन्दीप भण्डारीको ब्याचका एसएसपीहरु समेत बढुवाको दौडधुपमा छन् ।
उता सचिव न्यौपानेलाई संक्रमण भएपछि नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा, सशस्त्र प्रहरीका शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि ट्रेसिङमा परेका छन् । तीनै जनालाई लिएर न्यौपाने तराईका निरीक्षण भ्रमणमा गएका थिए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend