Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा ग्राहकका लाइन काट्दै वल्र्डलिंक


    बुधबार, बैशाख ३ २०७७
    845
    Shares
  • २ मिनेट पाठ
  •  

    काठमाडौं, ३ बैशाख ।

    नेपाल दूरसञ्चार प्राधिकरणको आग्रह समेत नसुनी इन्टरनेट सेवा प्रदायकहरुले ग्राहकको लाइन काट्न थालेका छन् । बार्षिक शुल्क तिरेर इन्टनरनेट जडान गरेका ग्राहकहरुको अवधि पुगेको भन्दै पैसा तिर्न आउन सूचना जारी गर्ने र लकडाउनका बेला घरबाहिर निस्कन समेत नपाउने अवस्थामा लाइन काट्ने काम इन्टरनेट सेवा प्रदायक(आइसपी)हरुले गरेका छ्न । यसरी पैसा नतिरेको भन्दै लाइन काट्ने काम बढी वल्र्डलिंक र सुविसले गरेका छन् ।

    जबकि दूरसंचार प्राधिकरणले लकडाउनका बेला ग्राहकहरुले पैसा तिर्न आउन नसक्नेभएकाले लाइन नकाट्न आइएसपीहरुलाई आग्रह गरेको छ । नियामक निकायको यो अवज्ञा गर्दै वल्र्डलिंकले लाइन काटेका कारण लकडाउनमा इन्टरनेटमा समय बिताइरहेका ग्राहकहरुलाई असहज भएको छ । 

    बुद्धनगरका रामेश्वर शर्मा मेरो एक साताअघि एक बर्ष पुगेछ, पैसा बुझाउन आउनू भनेर म्यासेज पठायो । तर लकडाउनमा घर बाहिर निस्कन मिल्दैन भन्ने वल्र्डलिंकलाई थाहा छ । प्राधिकरणले लकडाउनमा लाइन नकाट्नू भन्दाभन्दै पनि काटियो । नियामक निकाय प्र्राधिकरणको आग्रह नमान्ने वल्र्डलिंकलाई के कारबाही हुन्छ ? शर्माको प्रश्न छ । 

    वल्र्डलिंकका संचालक विजय जलानलाई लकडाउनका बेला लाइन काटिएकोबारेमा प्रतिक्रियाका लागि पटक पटक प्रयास गर्दा पनि उनी सम्पर्कमा आएनन् । 

    नेपाल दूरसंचार प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले यस्तो महामारीमा डिजिटल पेमेन्टको ब्यवस्थाबाट भुक्तानी लिने ब्यवस्था गरेको भए हुन्थ्यो भने । उनले भने–आइएसपीको कार्यालयमै वा बैंकमा भुक्तानी गर्न लकडाउनका कारण जान नमिल्ने बुझेर सहुलियत दिनुपर्ने दायित्व कम्पनीहरुको हो । तर उनीहरुले पनि इन्टरनेशनल ब्याण्डविथको पैसा तिर्नुपर्छ । करछुट जस्ता कुराहरु पनि उठाएका छन् । यसमा कम्पनीसँग ग्राहकले पनि समन्वय गरी लकडाउनसम्म लाइन नकाट्न आग्रह गर्नुपर्छ ।’

    सुविसुले पनि ग्राहकको लाइन काटेर दुःख दिने काम गरिरहेको छ । वल्र्डलिंक र सुविसुबाहेक अरु अनलाइन कम्पनीका ग्राहकहरुको त्यति गुनासो आएको छैन  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार