Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सांसद रेशम चौधरी र लक्ष्मण थारुसहित ७ जनालाई जन्मकैदको संजाय, जिल्लाको आदेश उच्च अदालतद्वारा सदर


    शुक्रबार, पुष ३ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • रेशमलाल चौधरी र लक्ष्मण थारु

    काठमाडौं । जनता समाजवादी (साविक राजपा) पार्टीका सघीय सांसद रेशमलाल चौधरीलाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालत कैलालीले गरेको फैसला उच्च अदालतले सदर गरेको हो । उच्च अदालतले बिहीबार साँझ उक्त फैसला गरेको हो । सांसद चौधरीसहित ७ जनाको हकमा जन्मकैदको संजाय हुने जिल्ला अदालत कैलालीको आदेशलाई उच्चले सदर गरेको हो ।

    अदालतले लक्ष्मण थारूलाई पनि जन्मकैदको सजाय सुनाएको छ । जिल्ला अदालत कैलालीले भने थारूलाई भने जिल्ला अदालत कैलालीले धरौटीमा छाडेको थियो । उच्चले जन्मकैदकै आदेश दिएकोक छ । एसएसपी लक्ष्मण न्यौपानेसहित सात प्रहरी र एक नाबालकको ज्यान जाने गरी २०७२ भदौ ७ गते कैलालीमा हत्या भएको थियो ।

    उक्त घटनामा सांसद चौधरीसहितका बिरुद्ध परेको किटानी जाहेरीमा कैलाली जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएकोमा उच्चले सदर गरेको हो । उच्च अदालत दिपायलका न्यायाधीश टेकनारायण कुँवर तथा सीताराम मण्डलको संयुक्त इजलासले टीकापुर घटनामा दोषी देखिएका सातजनालाई जन्मकैदको फैसला सुनाएको हो । जन्मकैदको संजाय पाउनेमा रेशमलाल चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गङ्गाराम चौधरी लगायत छन् । 

    सांसद चौधरी २०७४ मंसिर २१ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा कैलाली १ बाट निर्वाचित भएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार