Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीपरिषद बैठक सकियो, अध्यादेश फिर्ता भएन


    बिहिबार, पुष २ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडांै । प्रधानमन्त्री केपी ओलीले आज साँझ बसेको मन्त्रिपरिषद बैठकबाट पनि अध्यादेश फिर्ता लिएनन् । बुधबार अध्यादेश फिर्ता लिने सहमति गरे पनि उनले आजको मन्त्रिपरिषद बैठकमा त्यसको उच्चारण समेत गरेनन् । बुधबार नेपाल कम्युनिष्ट पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग अध्यादेश फिर्ता लिने सहमति ओलीले गरेका थिए ।

    अध्यादेश फिर्ता लिने भएपछि विशेष अधिवेशन माग गर्दै ८० सांसदले राष्ट्रपति कार्यालयमा बुझाउन लगेको पत्र दर्ता नै नगरी भीम रावल र पम्फा भूसाल फर्किएका थिए । तर ओलीले आज अध्यादेश फिर्ता नलिएपछि नेकपाभित्रको विवाद झन् पेचिलो बन्दैगएको छ ।

    बुधबार महासचिव विष्णुप्रसाद पौडेल र स्थायी समिति सदस्य घनश्याम भूसालसहितको रोहबरमा अध्यादेश फिर्ता लिने सहमति भएको थियो । तर आजको मन्त्रिपरिषद बैठकमा अध्यादेशबारे ओलीले छलफल समेत नगरी टुंगिएको एक मन्न्त्रीले बताएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार