काठमाडाैं । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएकाे छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा साँझ बसेकाे बैठकले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने अपेक्षा गरिएकाे थियाे ।
स्राेतका अनुसार बिहीबार बसेकाे बैठकले अध्यादेश फिर्ता गर्ने सम्बन्धी कुनै निर्णय गरेकाे छैन् ।
साँझ ६ बजे बालुवाटारमा बोलाइएको मन्त्रिपरिषदको बैठकले अध्यादेशबारे केही पनि छलफल नगरेको एक मन्त्रीले जानकारी दिए । उनले भने, ‘आजकाे बैठक नियमित साप्ताहिक बैठक हो, बैठकमा अध्यादेशबारे कुनै छलफल भएन ।’
सरकारले मंगलबार ल्याएको अध्यादेश फिर्ता गर्न प्रधानमन्त्री केपी शर्मा अोली सहमत भएका थिए । बुधबार बसेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अोलीले अध्यादेश फिर्ता लिने निर्णय गरेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री अोलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेपछि मात्र अध्यादेश फिर्ता लिने बताएका थिए । बिहीबार भएको भेटमा प्रधानमन्त्री अोलीले प्रचण्डसँग राष्ट्रपतिलाई भेटेपछि फिर्ता लिने बताएका थिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend