Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संवैधानिक परिषदको बैठक फेरि स्थगित


    बिहिबार, पुष २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषदको बैठक फेरि स्थगित भएको छ ।

    अध्यादेश फिर्ता गर्ने सहमति भएको भोलिपल्ट प्रधानमन्त्री ओलीले बिहीबार ५:३० बजे परिषदको बैठक बोलाएका थिए ।

    तर प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सहभागी नहुने बताएका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरुले समेत आपत्ति जनाएपछि परिषदको बैठक स्थगित भएको छ ।

    संवैधानिक परिषदको बैठक स्थगित भएको जानकारी आएको राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको सचिवालय स्रोतले जानकारी दिएको छ ।

    मंगलबार बिहान बोलाएको संवैधानिक परिषदको बैठक सभामुख अग्‍निप्रसाद सापकोटा अनुपस्थित भएपछि स्थगित भएको थियो । त्यसपछि मन्त्रिपरिषद बैठकमा ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए।

    बेलुका बसेको परिषद बैठकमा भने कांग्रेस सभापति शेरबाहदुर देउवा उपस्थित भएनन् । अध्यादेश जारी गरे बैठकमा उपस्थित नहुने उनले बताएका थिए। पछि संसदमा ८३ जना सांसदहरू संसद अधिवेशन माग गर्दै हस्ताक्षर बुझाउन शितल निवास पुगेका थिए।

    तर, स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने सहमति भएसँगै शितल निवासमा पुगेका सांसदहरू फर्किएका थिए।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार