Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सनसिटीमा बस्ने ३ सय जनामा कोरोना नेगेटिभ


    बुधबार, बैशाख ३ २०७७
    890
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, ३ बैशाख।  पेप्सीकोलाको सनसिटी अपार्टमेन्टका झण्डै ३ सय जनामा कोरोना संक्रमण नभएको पाइएको छ । दुई जनामा संक्रमण पुष्टि भएपछि त्यहाँ र्‍यापिड डाइग्नोस्टिक टेस्ट आरडीटी विधिबाट बुधबार परीक्षण गरिएको २ सय ९६ जनाको रिर्पोट नेगेटिभ आएको हो ।

    ए ब्लकमा बस्ने सबै र अरु ब्लकमा बस्ने स्वास्थ्य अवस्था कमजोर भएका, ज्येष्ठ नागरिक गरी दुई सय ९६ जनाको टेष्ट गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेभिट आएको हो । सनसिटीमा पाँच वटा ब्लक छन् । त्यहाँ ५ सय परिवारका करिब १ हजार ५ सय जना बस्दै आएका छन् ।

    बुधबार बिहानैदेखि जाँच शुरु गरिएकामा अपार्टमेन्टमा बस्ने सबैको परीक्षण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार