Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रिपरिषद् बैठक बस्दै


    बिहिबार, पुष २ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।  मन्त्रिपरिषद् बैठक आज बस्दैछ । 

    प्रधानमन्त्रीको सरकारी निवास बालुवारमा साँझ ६ बजेका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बाेलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकमा अध्यादेश खारेजी लगायतका एजेण्डामा छलफल हुनेछ ।

    सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश विवादमा परेपछि बुधबार सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फिर्ता लिने सहमति जनाएका थिए ।

    अध्यादेश खारेजीका लागि अर्को अध्यादेश जारी गर्नुपर्ने प्रावधान अनुसार मन्त्रिपरिषद् बैठकले सोबारे निर्णय गर्न लागेको बताइएको छ ।

    बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिन सरकारलाई निर्देशन समेत दिएको थियो । स्थायी कमिटी बैठक अघि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रधानमन्त्री ओलीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता गर्ने सहमति जनाएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार