काठमाडाैं । नेपाली कांग्रेसले संसदीय दलको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको भुमिकाबारे छलफल गर्ने भएको छ ।
कांग्रसेको शुक्रबार बस्ने संसदीय दलको बैठकमा संवैधानिक परिषद्बारेको अध्यादेश जारी गर्ने विषयमा राष्ट्रपति भण्डारीले खेलेको भुमिकाबारे गम्भीर छलफल गर्ने भएको हो ।
राष्ट्रपति भण्डारीले दलको नेता जसरी भुमिका खेलेकाले उनले हालका पछिल्ला राजनीतिक विषयमा खेलेको भुमिकाबारे संसदीय दलको बैठकमा छलफल हुने कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।
प्रमुख सचेतक खाँडका अनुसार अहिले जारी भएको अध्यादेशपछिको अवस्था, संसदको हिउँदे अधिवेशन बोलाउने विषय लगायतका विषयमा छलफल हुनेछ । बैठक शुक्रबार विहान ११ बजे सिंहदरबारस्थिति संसदीय दलको कार्यालयमा बस्न गरि बोलाइएको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend