Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • नाै महिनापछि काठमाडौं–दिल्ली नियमित उडान सुरू


    बिहिबार, पुष २ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । भारतको राजधानी दिल्लीका लागि काठमाडौंबाट नियमित हवाई उडान सूचारु भएको छ ।

    सरकारले २०७६ चैत ११ पछि देशव्यापी लकडाउन र हवाई उडानमाथि प्रतिवन्ध लगाएको थियो । त्यसपछि बन्द भएको यो रुटमा आज नेपाल एयरलाइन्सको जहाजले पहिलो उडान गर्दैछ ।

    ए–३२० जहाजको उडान सवा ११ः२० बजेका लागि निर्धारित रहेको नेपाल एयरलाइन्सकी प्रवक्ता करिश्मा श्रेष्ठले जानकारी दिइन् ।

    ‘दिल्ली जाँदा र आउँदा दुबै उडानमा राम्रो अक्कुपेन्सी छ,’ उनले भनिन्, ‘यात्रु संख्या भने विमानस्थलबाट आइसकेको छैन ।’

    नेपाल एयरलाइन्सका अनुसार काठमाडौंबाट दैनिक एक जहाज दिल्ली जाने छ । सो जहाजले दिल्लीबाट यात्रुलाई काठमाडौं ल्याउने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार