Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र प्रचण्डबीच आज पनि छलफल हुँदै


    बिहिबार, पुष २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज पनि छलफल हुने भएकाे छ।

    संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता र संसदको विशेष अधिवेशन बोलाउन प्रस्ताव लैजाने सहमति भएसँगै नेकपाका दुवै अध्यक्ष पुनः छलफलमा जुटेका हुन् ।

    प्रधानमन्त्रीसमेत रहेका ओली र कार्यकारी अध्यक्ष प्रचण्डले आज हुने छलफलमा सहमती हुन बाँकी विषयलाई टुंगोमा पुर्‍याउने छन् ।

    बालुवाटार श्रोतका अनुसार प्रचण्डले आज अपराह्न प्रधानमन्त्रीसँग भेटवार्ता गर्दैछन् । दुवै अध्यक्षको संवादपछि मात्रै संवैधानिक परिषद बैठकको टुंगो लाग्ने बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार