काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमै नभएको प्रधानमन्त्रीको ललीपप वामदेव गौतमलाई फेरि देखाएका छन् । पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधवकुमार नेपाललाई तेजोबध गर्न सचिवालयमा बहुमत देखाउनका लागि गौतमलाई यसअघि ओलीले पटक पटक प्रधानमन्त्रीको आश्वासन दिएका थिए ।
प्रतिनिधिसभामा पराजीत ब्यक्तिलाई प्रधानमन्त्री बनाउने ब्यवस्था संविधानमा नभए पनि उनले पटक पटक वामदेवलाई ललीपप देखाउने गरेका छन् । पार्टीको निर्देशन अनुसार सरकार संचालन नगरी एक्लौटी ढंगले चलेका ओलीले बुधबारको स्थायी समिति बैठकमा पनि गौतमलाई पुनः एकपटक प्रधानमन्त्रीको ललीपप बाँडेका छन् । पार्टीले फागुनमै निर्णय गरेर राष्ट्रियसभामा पठाउने निर्णय त कार्यान्वयन नगरेका ओलीले बुधबार प्रधानमन्त्रीको ललीपप गौतमलाई देखाएका हुन् ।
पार्टीको सचिवालय, स्थायी समिति र केन्द्रीय कमिटीमा अल्पमतमा परेका ओलीले संविधानमै नभएको प्रधानमन्त्री पदको प्रलोभनमा पछिल्ला दिनमा गौतम पर्न छाडेका छन् । राष्ट्रियसभाको सदस्य पद त अदालतमा रिट हाल्न लगाएर निल्नु न ओकल्नु पारिएका गौतम ओलीका कुनै पनि आश्वासनमा विश्वास नगर्ने अवस्थामा पुगेका छन् । गौतमलाई सुरुमा डोल्पाबाट चुनाव लडाउने, कास्कीबाट उम्मेदवार बनाउने आश्वासन दिने गरियो । तर डोल्पा र कास्कीमा मात्र होइन, काठमाडौंको ५ नम्बर क्षेत्रमा समेत गौतमका बिरुद्ध कार्यकर्ता पंक्ति भड्काउने काम सरकारबाटै भएको कुरा गौतमले थाहा पाए ।
पार्टीमा प्रचण्ड र गौतमलाई उपयोग गर्दैआएका प्रधानमन्त्री ओलीले पछिल्लो पटक आफ्ना दूत शंकर पोखरेलमार्फत् बरिष्ट नेता झलनाथ खनाललाई पार्टीको महाधिवेशन आयोजनक समितिको संयोजकको आश्वासन पनि दिएका थिए । तर खनालले पनि ओलीको आश्वासनमा विश्वास गरेनन् । बरिष्ठ नेताको मर्यादामा पनि कहिले माधव नेपाल त कहिले झलनाथलाई तलमाथि पारी भिडाउँदै आएका ओलीले संविधानमै ब्यवस्था नभएको प्रधानमन्त्री पद गौतमलाई दिए पनि उनीबिरुद्धको मोर्चाबन्दी खुकुलो होइन,झन कसिने देखिएको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend