oplus_0
मोहम्मद हबिब
भैरहवा । रवि लामिछानेको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा रुपन्देहीको भैरहवामा मंगलबारबाट सुरु भएको बयानलाई आज पनि निरन्तरता दिइएको छ ।
सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज तेस्रो दिन बाक्लो सुरक्षाका बीच सरकारी वकिलको कार्यालय रुपन्देहीमा साढे १० बजे बयानका लागि हाजिर गराइएको छ ।
जिल्ला प्रहरी कार्यालयमा रहेका लामिछानेलाई मंगलबार पहिलो दिन प्रारम्भिक बयान ३ घण्टा ३५ मिनेट वयान लिएको थियो त्यस्तै दोस्रो दिन विहान सवा १० बजेदेखि सवा ७ बजेसम्म ९ घण्टा बयान भए पनि सवाल जवाफ नसकिएकोले विहीबार वयानको अन्तिम टुङ्गो लगाउने गरि साढे १० बजेबाट बयान सुरु भएको छ ।
प्रमुख न्यायधिवक्ता प्रेमराज पौडेलले मुलकुी फौजदारी कार्याव्यवस्थाको दफा १६ मा अनुसन्धान अधिकारीले सरकारी वकिल समक्ष बयान लिने व्यवस्था अनुरुप बयान लिनका लागि यहाँ अनुसन्धान अधिकारीले उपस्थित गराएका छन् । हिजोसम्म भएको बयानको अन्तिम रुप दिदै रुजु गर्ने र रोलक्रम गर्ने काम आज हुन्छ । उहाँविरुद्ध परेको सहकारी ठगि विरुद्धको कसुरमा रहेर नै सवाल जवाफ भएका छन उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएको छ ।
कति वटा प्रश्न गरिएको भन्ने बारे एकीन भएको छैन, सम्भवः आज बयान सकिने अनुमान छ ।
मुलुकी फौजदारी कार्यविधी संहिताको दफा ३१ ले प्रहरीले अनुसन्धान गरेपछि प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पठाउछ त्यो अनुसन्धान पुरा भएको नदेखिएको अवस्थामा थप अनुसन्धान गर्नु परेमा वा मुद्धाको बीचमा थप बयान लिनुपर्ने देखिएकोमा थप वयान लिनसक्ने व्यवस्था पनि छ । त्यो कानुन टेकेर अवस्था हेरेर बयान फेरि पनि लिन सकिने व्यवस्था छ ।
सरकारी वकिलको कार्यालय रुपन्देहीमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्ष सम्म पु¥याइएको छ । मंगलबार बयानपछि बाहिर निस्कने क्रममा सरकारी वकिलको कार्यालय परिसरमै ‘खोरमा बाघलाई थुन्दैमा स्याल हुँदैन’ भन्ने प्रतिक्रिया दिएपछि प्रशासनलाई चुनौती थपिएको छ । केही बोलिहाल्छन की भन्ने डरले लामिछानेलाई छेकेर सरकारी वाकिलको कार्यालय र हिरासत सम्मको यात्रा भइरहेको छ । दर्जनौ नेपाल प्रहरी र सशस्त्र प्रहरीको घेरामा मात्रै उन्को यात्रा भइरहेको छ । आज वयान सकिए साँझसम्म उनलाई रुपन्देहीबाट पोखरा पठाइने छ ।
रास्वपाका कार्यकर्ताहरुले लामिछाने रुपन्देही आएदेखि नै उनको समर्थनमा विरोध प्रदर्शन गरेका छन । सोही क्रममा बुधबार दिउसो अदालत अगाडि कार्यकर्ता प्रवेश गर्न खोज्दा सुरक्षाकर्मी विच केहीबेर तनाव सृजना भएको थियो । आज बिहीबार पनि रास्वपाले रुपन्देहीमा मोटरसाइकल र्याली गर्ने तयारी गरेको छ ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend