काठमाडाैँ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सरकारलाई अनिर्णयको बन्दी बनाई असफल बनाउने षड्यन्त्र भएपछि अध्यादेश ल्याउनु परेको बताएका छन् ।
बुधबार पत्रकार महासंघमा आयोजित कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले संवैधानिक परिषद्को बैठक बस्ने सम्बन्धमा सत्तारुढ दल भित्रैबाट अवरोध भएपछि विधेयक ल्याइएको बताए ।
लामो समयदेखि संवैधानिक परिषद्को बैठक कोरम नपुग्दा बस्न नसकेकोले अध्यादेश जारी गरेर भएपनि निकाश दिन खोजिएको बताए। मन्त्री गुरुङले संसदलाई छलेर अध्यादेश नल्याएको पनि बताए ।
संसदको मर्यादा र संविधानको संरक्षण गर्दै राजनीतिक घेरा तोडेर निकास दिनका लागि अध्यादेश जारी गरेको पनि स्पष्ट पारे ।
मुलुकलाई अनिर्णयको बन्दी बनाउने र सरकारलाई निरंकुश भयो भन्ने गरिएकोले पनि समस्या उत्पन्न भएको मन्त्री गुरुङले बताए । सरकारले पटकपटक संवैधानिक नियुक्तीका लागि परिषद्को बैठक राख्न प्रयास गर्दा समेत नसकेपछि निकास दिन अध्यादेश जारी गर्नुपरेको पनि उनको भनाइ छ । निर्णयको २४ घण्टापछि प्रधानमन्त्री ओलीले सो अध्यादेश फिर्ता लिने सहमति जनाइसकेका छन् ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend