Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली र प्रचण्डबीचको वान टु वान वार्ता सकियो, स्थायी समिति बैठक बस्दै


    बुधबार, पुष १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वान टु वान वार्ता भएकाे छ। 

    नेकपाभित्रकाे विवादले उग्र रुप लिएकै बेला आज दुई अध्यक्षबीच वान टु वान वार्ता भएको हाे । स्थायी समिति बैठक अगाडि नै अध्यक्षद्वयबीचको वार्ता भएकाे हाे ।

    संवैधानिक आयोगहरुमा नियुक्तिका लागि विवाद भइरहेको बेला ओलीले अकास्मात निर्णय गर्न सजिलो हुने गरी अध्यादेश ल्याएपछि नेकपाभित्र विवाद थप उग्र बनेको छ ।

    आजको स्थायी समिति बैठकमा ओली इतर समूहले कडारुपमा प्रस्तुत हुने यसअघि नै निर्णय गरिसकेको छ । बुधबार बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार