Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओली-प्रचण्डबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता


    बुधबार, पुष १ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएकाे छ । नेकपा स्थायी कमिटी बैठक अगाडि पार्टी दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ वार्ता सुरू भएकाे हाे ।

    स्थायी कमिटी बैठक १ बजेदेखि भए पनि बैठकअघि दुवै अध्यक्षबीच बालुवाटारमा ‘वान टु वान’ संवाद चलिरहेको ओलीनिकट स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए । बिहान ८ बजे स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग भेट गरेपछि प्रचण्ड ओली भेट्न बालुवाटार पुगेका हुन्।

    मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संवैधानिक परिषको नियुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि प्रचण्डले आलोचना गरेका छन्। पार्टीमा परामर्श नै नगरी अध्यादेश ल्याएको भन्दै उनी चिढिएका छन्। त्यही विषयलाई आज बस्ने स्थायी कमिटी बैठकमा प्रचण्ड–नेपाल पक्षले चर्काउने तयारी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार