काठमाडौं। आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ ।सरकारका मन्त्रीहरुलाई समेत कुनै जानकारी नदिई संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् ।
प्रधानमन्त्री ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश असंवैधानि भएको, प्रधानमन्त्रीको कदम गलत भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने उनीहरुले माग गरेका छन् । अध्यादेश जारी भए लगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । उनीहरुले आज बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् ।
पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन चर्किएको छ । सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ ।
नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुकी बसेको थियो । बैठकले कुनै निर्णय भने गरेन । नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितिमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक शुरु गर्न सकिने व्यवस्था थियो ।
यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए । तर, पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि दुवै अध्यादेश फिर्ता भएको थियो ।
सत्तारुढ दल मात्र होइन प्रतिपक्षमा रहेका दलहरुले समेत प्रधानमन्त्रीले ‘सुटुक्क’ ल्याएको अध्यादेशको चर्को रुपमा आलोचना गर्दै अध्यादेश तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन् । हिजो विहान संवैधानिक परिषदको वैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजै दिउँसो ओलीले अध्यादेश ल्याएपछि साँझको परिषद वैठकमा सहभागी भएनन् ।
उनले प्रधानमन्त्रीको कदम गलत भएको भन्दै अध्यादेशप्रति कांग्रेसको प्रष्ट विमति रहेको बताइसकेका छन् । दलका नेताहरुले मात्र होइन संविधानविदहरुले समेत सरकारले ल्याएको अध्यादेशको आलोचना गरेका छन् । सरकारका मन्त्रीहरुलाई समेत जानकारी नदिई प्रधानमन्त्री ओलीले एकल रुपमा अघि बढाएको अध्यादेशलाई जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी समेत विवादमा तानिएको कानूनविदहरुको भनाइ छ ।
एकलौटी रुपमा अध्यादेश ल्याएर थप विवाद र आलोचनामा परेका प्रधानमन्त्री ओली आजको स्थायी कमिटी वैठकमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने चासोको विषय बनेको छ । विगतमा पटक–पटक वैठकमा अनुपस्थित हुँदै आएका ओली आजको स्थायी कमिटी वैठकमा सहभागी हुनेबारे शंका गरिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend