Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संवैधानिक परिषदको बैठक केही निर्णय नगरी टुंगियो 


    मंगलबार, मंसिर ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदको मंगलबार साँझ बसेको बैठक कुनै निर्णय नगरी टुंगिएको छ । बहुमतीय आधारमा संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्न आजै अध्यादेश ल्याइएको भए पनि चौतर्फी बिरोधका कारण कुनै निर्णय नगरी स्रवैधानिक परिषदको बैठक सकिएको छ । । बैठकले संवैधानिक आयोगहरुमा नियुक्तिका विषयमा छलफल गरे पनि कुनै निर्णय नगरेको राष्ट्यिसभाका अध्यक्ष तिमिल्सिनाले प्रतिक्रिया दिएका छन् ।  

    प्रधानमन्त्री केपी शर्मा ओलीले आव बिहानको संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा अनुपस्थित भएपछि आक्रोसित भई संबैधानिक परिषद(काम, कर्तब्य र अधिकार) सम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेका थिए । जुन अध्यादेश तत्कालै राष्ट्रपति विद्या भण्डारीले जारी गरेकी थिइन् ।

    परिषदको बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिना सहभागी थिए ६ सदस्यीय परिषदमा उपसभामुख चयन भएका छैनन् । आजको बैठकबाट अख्तियारको आयुक्तहरुमा प्रेमकुमार राई, जयबहादुर चन्द र किशोर सिलवाल नियुक्ति सिफारिस हुने चर्चा बालुवाटार बृत्तमा थियो ।

    बालुवाटार स्रोतधका अनुसार प्रधानमन्त्री ओलीको कोटाबाट राई, विपक्षी दलका नेता शेरबहादुर देउवाको कोटाबाट जयबहादुर चन्द र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको कोटाबाट किहशोर सिलवाललाई नियुक्ति सिफारिस गर्न लागेका थिए । राई पूर्वगृहसचिव, चन्द पूर्वएआइजी र सिलवाल उच्च अदालत पोखराका कामु मुख्य न्यायाधीश हुन् ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार