Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संवैधानिक परिषद् बैठक सकिएलगत्तै प्रधानमन्त्री पुगे शितल निवास


    मंगलबार, मंसिर ३० २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली संवैधानि परिषद्काे बैठक सकिएलगत्तै शितल निवास पुगेका छन् ।

    बालुवाटारमा संवैधानिक परिषदको बैठक सकेपछि साँझ साढे सात बजेतिर ओली शितल निवास पुगेका हुन्।

    स्राेतका अनुसार ओली दिउँसाे जारी भएकाे अध्यादेशका विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका हुन् ।

    मंगलबार सरकारले सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताको उपस्थितिविनै संवैधानिक परिषदको बैठक गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो । सोही अध्यादेशको व्यवस्थाअनुसार प्रधानमन्त्री ओली, राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको उपस्थितिमा बैठक बसेको थियो । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार