Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गगन थापाकाे गर्जन : संवैधानिक व्यवस्थाको खिल्ली उडाएर राष्ट्रपतिसँगको साँठगाँठमा अध्यादेश जारी भयाे


    मंगलबार, मंसिर ३० २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संसद बन्द गराएर अध्यादेश जारी गरेको भन्दै आपत्ति जनाएका छन् ।

    सामाजिक सञ्जालमा आक्रोश व्यक्त गर्दै नेता थापाले संविधानले गरेकाे व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगकाे साठगाँठमा अध्यादेश जारी गर्ने ? भन्दै आक्रोश पाेखेका छन् ।

    “संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने !” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई मेन्सन गर्दै सरकारको असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने बताएका छन् । त्यसको लागि सडक र सदन र जनताको शक्ति र साथबाट सरकारको कदमलाई असफल बनाउने उनले बताए ।

    सरकारले आज ल्याएको संवैधानिक परिषद् सम्बन्धी अध्यादेशका विषयमा व्यापक आलोचना शुरु भएको छ । सरकारले जारी गरेकाे अध्यादेशका विषयमा सत्तारूढ दल नेकपाकै नेताहरूले पनि असन्तुष्टी व्यक्त गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार