Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • अर्घाखाँचीमा देउसी खेलिरहेको समूहलाई बसको ठक्कर, दुई जनाको मृत्यु


    सोमबार, कार्तिक १९ २०८१
    2.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकास्थित जयठाटीमा देउसीभैलो खेलिरहेको स्थानमा बसले ठक्कर दिदा २ जनाको मृत्यु भएको छ भने कम्तिमा २० जना घाइते भएका छन् ।

    देउसीभैलो खेलिरहेको स्थानमा ना ३ ख २४७१ नं को बसको ठक्करबाट दुई जानको मृत्यु भएको छ ।

    भूमिकास्थान नगरपालिकाको वडा नं ५ र ६ को सिमाना पर्ने जयठाटीमा सोमबार साँझ ५ बजेतिर देउसीभैलो नाचिरहेको स्थानमा बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।

    बसको ठक्करबाट २० जना घाईते भएका छन् । जसमा २ जना गम्भीर घाईते भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाचीले जानकारी दिएको छ ।

    बसले देउसी भैलो खेलिरहेकाहरूलाई ठक्कर दिएकामा एक महिलाको घटनास्थलमै मृत्यु भएको र अर्घाखाँची अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताइएको छ

    प्रहरीले बसको ‘ब्रेक फेल’ हुँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार