Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • गोरखा दुर्घटनाका घाइते यात्रुहरुको सशस्त्र प्रहरीद्वारा उद्धार


    मंगलबार, भाद्र १७ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । गोरखा जिल्लाको भिमसेनथापा गाउँपालिका–३ टारीफाँट गगटेस्थित गोरखा–आरुघाट सडकखण्डमा काठमाडौंबाट गोरखाको माछीखोला जाँदै गरेको रात्री बस भदौ १७ गते दुर्घटना परी घाइते भएकाहरुको सशस्त्र प्रहरीले उद्धार गरेको छ ।

    बाग्मती प्रदेश ०१–००६ ख ४१३१ नम्बरको रात्री बस गति अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार २१ जना घाइतेलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश आरुघाट र नेपाल प्रहरीको संयुक्त सुरक्षाफौजले उद्धार गरी उपचारको लागि प्राथामिक उपचार केन्द्र आरुघाट पठाएको तथा २ जना घाइतेलाई थप उपचारको लागि काठमाडौंतर्फ पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार