Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि खुमलटारमा छलफल, काे-काे पुगे?


    मंगलबार, मंसिर ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । संवैधानिक परिषदसम्बन्धी नयाँ अध्यादेश जारी भएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रैबाट विरोध सुरु भएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेपछि नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर नेताहरुले अध्यादेशको विरोध गरेका छन् ।

    अध्यादेशबारे छलफल गर्न प्रचण्ड–नेपाल पक्षका नेताहरु अहिले प्रचण्ड निवास खुमलटारमा भेला भएका छन् ।

    खुमलटार स्रोतका अनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठलगायतका नेताले सरकारको कदमबारे छलफल गरिरहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार