Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अर्घाखाँचीमा भारतीय नम्बरको कार दुर्घटना, एकको मृत्यु


    सोमबार, कार्तिक १९ २०८१
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • बुटवल । अर्घाखाँचीको मालारानीबाट सदरमुकाम सन्धिखर्कतर्फ आउँदै गरेको भारतीय कार दुर्घटनामा पर्दा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    आइतबार साँझ कार दुर्घटना हुदाँ मालारानी गाउँपालिका वडा नम्बर ७ टिमुरे बस्ने २६ वर्षका नवीन नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ ।

    अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ११ ढुङ्गेदेउरालीमा मालारानी गाउँपालिका खनदहदेखि सन्धिखर्कतर्फ आउँदै गरेको एचआर ५५ एयू ८७९३ नम्बरको कार अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ ।

    कारमा एक जनामात्र सवार रहेको र कार सडकबाट करिब आठ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार