Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लिग-२ अन्तर्गतको खेलमा युएईमाथि ओमान ६ विकेटले विजयी


    शुक्रबार, कार्तिक १६ २०८१
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । ओमानले आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा युएईलाई पराजित गरेको छ ।

    ओमानमा जारी ओमानसहित युएई र नेदरल्याण्डसबीचको त्रिकोणात्मक सिरिज अन्तर्गत शुक्रबार सम्पन्न खेलमा ओमानले युएईलाई ६ विकेटले पराजित गरेको हो ।

    युएईले दिएको केवल १२८ रनको लक्ष्य पछाएको ओमानले ४३.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ४१.३ ओभरमा अल आउट हुदै १२८ रन बनाएको थियो ।

    यो जितपछि ओमानको लिग-२ मा ९ खेलमा ८ अंक भएको छ र लिगमा छैटौं स्थानमा छ । त्यस्तै युएईको भने ८ खेलमा २ अंक छ र लिगको पुछारमा रहेको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार