Nepal Face
  • आइतबार, १० साउन २०८३
  • युएईलाई हराउँदै नेदरल्याण्डस लिग–२ को तेस्रो स्थानमा उक्लियो


    शनिबार, कार्तिक २४ २०८१
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । नेदरल्याण्डसले आइसीसी विश्वकप लिग-२ अन्तर्गत युएईलाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा नेदरल्याण्डसले युएईलाई ६७ रनले पराजित गरेको हो ।

    नेदरल्याण्डसले दिएको २४२ रनको लक्ष्य पछाएको युएईले ४५.२ ओभरमा अल आउट हुदै १७४ रन बनाएको थियो ।

    यस अघि टस हारेर पहिला ब्याटिंग गरेको नेदरल्याण्डसले ५० ओभरमा ८ विकेट गुमाउदै २४१ रन बनाएको थियो ।

    यो जितपछि नेदरल्याण्डस लिग-२ को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । नेदरल्याण्डसको ११ खेलमा १४ अंक भएको छ र समान १४ अंक रहेको स्कटल्याण्डभन्दा रनरेटमा अगाडी हुदै तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै युएईले भने लिग-२ मा नवौं हार बेहोरेको छ । युएईको ११ खेलमा ४ अंकसहित पुछारमा रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार