काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमको लगातारको खराब प्रदर्शनले यसका समर्थकलाई निराश बनाएको छ । आइसीसी विश्वकप लिग-२ मा नेपालले लगातार पाँच खेलमा हार बेहोरेपछि अब टिममाथि नै प्रश्न उठ्न थालेको छ ।
हाल क्यानडामा जारी सिरिजमा नेपालले लगातार तीन खेलमा हार बेहोरेको छ भने आज चौथो खेल ओमानसँग खेल्दै छन् ।
यस सिरिजमा नेपालको मुख्य समस्या ब्याटिङमा देखिएको छ । नेपालका शिर्षक्रमका ब्याट्सम्यानहरुले आफ्नो जिम्मेवारी बुझ्न सकेको देखिदैन । हरेक पटक उनीहरु गैर जिम्मेवारीपुर्वक आउट भएका छन् ।
पहिलो खेलमा कुशल भुर्तेल, कुशल मल्ल असफल भएपछि ल्याइएका अर्जुन साउद र अनिल शाहले निरास बनाएका छन् । अर्जुन साउद ओमानविरुद्ध ५ र क्यानडाविरुद्ध १२ रन बनाएर आउट भए ।
शिर्ष क्रमका ब्याट्सम्यान साउदले पछिल्ला ५ खेलमा गत अप्रिलमा आयरल्याण्ड ए विरुद्ध ३६ रन बनाएको नै सर्बाधिक रन हो । उनको क्लब र देशका लागि खेलेको खेलको विश्लेषण गर्ने हो भने पछिल्ला १० खेलमा उनले अर्धशतक प्रहार गर्न सकेका छैनन् ।
त्यस्तै यस सिरिजमा दोस्रो खेलबाट अवसर पाएका अनिल शाहको प्रदर्शन पनि निराशाजनक रहेको छ । अनिलले यस सिरिजमा ओमानविरुद्ध ३ र क्यानडाविरुद्ध १ रन मात्र बनाए । नेपालका लागि टी-२० विश्वकप समेत खेलेका अनिलले तीन खेलमा ३८ रन बनाएका थिए । उनले खेलेका सबै फर्म्याटका पछिल्ला १० खेलमा उनले एक पटक वेस्ट इन्डिज ए विरुद्ध ५८ रन बनाएको बाहेक अन्य कुनै पनि इनिंग सम्झन लायक देखिन्न ।
यस सिरिजमा सबै भन्दा बढी निराश बनाएका खेलाडी हुन् भीम सार्की । नेपालका लागि एकदिवसीय खेलका स्पेस्लिष्ट खेलाडीको रुपमा हेरिएका सार्कीले पनि यस सिरिजमा निराशाजनक प्रदर्शन गरेका छन् । उनले पहिलो खेलमा क्यानडाविरुद्ध १८, ओमानविरुद्ध ११ र क्यानडाविरुद्धको दोस्रो खेलमा ४ रन मात्र बनाए ।
त्यस्तै कप्तान रोहित पौडेलको प्रदर्शन पनि निराशाजनक नै रहेको छ । ओमानविरुद्ध ६० रन बनाए पनि पहिलो खेलमा क्यानडाविरुद्ध ५ र दोस्रो खेलमा ४ रन बनाएर रोहितले आफ्नो क्षमताप्रति न्याय गरिरहेका छैनन् ।
त्यस्तै ओपनर कुशल भुर्तेलको ब्याटपनि लामो समयदेखि मौन रहेको छ । उनी टी-२० विश्वकप देखि नै फ्लप रहेका छन् । विश्वकपमा दक्षिण अफ्रिकाविरुद्ध ४ विकेट लिए पनि ब्याटिङमा केवल १३ रन बनाएका थिए । यस सिरिजमा क्यानडाविरुद्ध पहिलो खेलमा केवल १ रन बनाएका भुर्तेलले त्यसपछि खेल्ने अवसर पाएका छैनन् । विस्फोटक ब्याट्सम्यानको पहिचान बनाएका भुर्तेलको पछिल्लो १० खेलको उच्च स्कोर नै केवल १६ रन रहेको छ भने पाँच पटक त सिंगल स्कोरमै आउट भएका छन् ।
त्यसैगरी विकेट किपर ब्याट्सम्यान आसिफ सेखको पछिल्लो प्रदर्शन पनि निराशाजनक रहेको छ । उनले यस सिरिजमा क्यानडाविरुद्ध २० र २ रन बनाए भने ओमानविरुद्ध ११ रन मात्र बनाए ।
यसरी हेर्दा नेपालको लगातार हार हुनुमा शिर्षक्रममा खेलिरहेका ब्याट्सम्यान नै जिम्मेवार देखिन्छन् । लगातार पाएको अवसरलाई सदुपयोग नगरेर नेपाली खेलाडीले समर्थकलाई निराश मात्र बनाएका छैनन् । आफ्नो र टिमको आत्मविश्वास समेत तोडेका छन् ।
खराब प्रदर्शनपछि अब क्यान, टिमका प्रशिक्षक मोन्टी देसाई र छनौट समितिमाथि पनि प्रश्न उठेको छ । विश्वकपमा गरेको खराब प्रदर्शनको जिम्मेवार को ? जितको नजिक पुगेर पनि जित हासिल नगर्दा समर्थकले मन जितेको भन्दै चित्त बुझाउने बाहेक न त क्यानलले न त प्रशिक्षक र कप्तानले नै जवाफ दिए । बरु नयाँ खेलाडीलाई अवसर दिनुको साटो उनै खेलाडीलाई बोकेर क्यानडा उडियो, जसले विश्वकपमा निराश बनाएका थिए । आँकडाले पनि यी खेलाडी टिममा रहन लायक छैनन् नै भन्छ ।
एउटा खेलाडीले १०-१० पटक पाएको अवसरलाई सदुपयोग गर्दैन भने अझै उसलाई बोकेर कहिलेसम्म क्यान हिड्छ ? यो प्रश्न क्रिकेट समर्थक र नेपाली क्रिकेटलाई माया गर्नेहरुको हो । तर यहाँ खेलाडीको क्षमतामा प्रश्न उठाइएको होइन, उनीहरुले आफ्नो क्षमता अनुसार किन खेलेनन् भन्ने मात्र हो । के पनि बिर्सनु हुदैन भने यिनै खेलाडीले नेपाललाई विश्वकप सम्म पुर्याएका हुन् तर त्यो अब विगत बनिसक्यो ।
अब अगाडी बढ्न नयाँ खेलाडीलाई अवसर दिने समय आइसकेको छ । अहिले टिममा भएका खेलाडीलाई बाहिर राखेर उनीहरुलाई रि-डिफाइन गर्ने अवसर दिनुपर्ने समय आएकोप्रति क्यान र सम्बन्धित पक्ष सचेत हुन जरूरी छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend