Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लिग-२ मा आज नेपाल र स्कटल्याण्डबीचको खेल हुँदै


    सोमबार, कार्तिक १९ २०८१
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आइसीसी विश्वकप लिग-२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिजमा आज नेपाल र स्कटल्याण्डबीच खेल हुदै छ ।

    यो खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि डल्लासस्थित ग्राण्ड प्रेरी स्टेडियममा शुरु हुने छ ।

    जारी सिरिजमा नेपालले २ खेलमा एक हार र एक जित हासिल गरेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक हार हासिल गरेको छ ।

    स्कटल्याण्डले अमेरिकासँगका दुवै खेल जितेको छ भने नेपालसँगको खेल हारेको थियो ।

    लिग-२ मा अहिलेसम्म स्कटल्याण्ड १० खेलमा १३ अंकसहित तेस्रो स्थानमा छ भने अमेरिका १२ खेलमा १६ अंक हासिल गर्दै शिर्ष स्थानमा छ । त्यस्तै नेपाल ११ खेलमा ५ अंकसहित सातौं स्थानमा छ ।

    यो त्रिकोणात्मक सिरिजको यो अन्तिम खेल पनि हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार