Nepal Face
  • शनिबार, २२ कार्तिक २०८३
  • संवैधानिक परिषद बैठकः एक जना अनुपस्थित भए पनि कोरम नपुग्ने 


    मंगलबार, मंसिर ३० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । संवैधानिक परिषदको बैठक आज ११ बजेका लागि बोलाइएको छ । आइतबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा नआएपछि बैठक स्थगित भएको थियो । आजको बैठकमा पनि देउवा र सापकोटा उपस्थित हुने नहुने एकीन हुन सकेको छैन । संवैधानिक परिषद(काम कर्तब्य र अधिकार कार्यबिधि) सम्बन्धी ऐन २०६६को परिषद बैठक सम्बन्धी कार्यबिधिमा प्रष्टसँग उल्लेख छ–बैठकको कोरम पुग्नका लागि अध्यक्षसहित ४ जना सदस्य उपस्थित हुनुपर्नेछ । बैठकमा ५ जना उपस्थित हुनुपर्ने ऐनको ब्यवस्था छ ।

    ६ सदस्यीय परिषदमा उपसभामुख चयन नै नभएकाले ५ जनामात्र छन् । नेकपाभित्रको विवादका कारण सभामुख सापकोटा उपस्थित नभए पनि कोरम पुग्दैन । विपक्षी दलका नेता देउवा पनि उपस्थित हुने संभावना कम छ । यद्यपि देउवालाई नियुक्तिको कोटा दिएर बैठकमा उपस्थित गराउन राजी गराइएको चर्चा छ ।

    परिषद बैठक भन्दा ४८ घन्टा अगाडि एजेन्डासहित सदस्यहरुलाई जानकारी दिने ऐनको ब्यवस्था पनि पालना हुन सकेको छैन । सोमबार मात्र बैठक डाकिएको हो । संवैधानिक परिषदको तीन पटकको बैठकमा सहमति हुन नसके त्यसपछिको चौथो बैठकमा बहुमतका आधारमा निर्णय गर्ने ऐनको प्रावधान पनि छ । तर त्यसका लागि बैठकको कोरम त पुग्नैपर्ने कानुनविदहरु बताउँछन् ।

    आज बिहान १० बजे मन्त्रिपरिषदको बैठकपछि संवैधानिक परिषदको बैठक ११ बजेका लागि राखिएको छ । नेकपाभित्रको विवाद थाँती रहेकी बेला संवैधानिक परिषद बैठक बोलाइएकोमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार एक कार्यक्रममा बिरोध गरेका छन् । आइतबारको बैठकमा विपक्षी दलका नेता शेरबहादुर देउवा नगएकाले स्थगित भएको थियो । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा प्रमुख आयुक्तसहित ३ पदाधिकारी रिक्त छन् । मानवअधिकार आयोग लगायत अन्य १२ वटा आयोगमा ४५ पद खाली छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार