Nepal Face
  • आइतबार, १० साउन २०८३
  • २५ लाख काण्डमा एसपी तानिए, असुलीमा तल्लीन सीडीओलाई डा. शेखरको साथ


    आइतबार, कार्तिक ११ २०८१
    2.2K
    Shares
    नेपाल फेस
  • ५ मिनेट पाठ
  • काठमाडौं । अनलाइन जुवा संचालन गर्नेबाट २५ लाख असुली गरेको बिषयमा विवादमा परेपछि जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्की तानिइसकेका छन् । एसपी कार्की ८ महिनामै तानिएता पनि मोरङका उद्योगी ब्यापारीहरुलाई अनेक तरहले दुःख दिंदैआएका जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई भने ससम्मान बिराजमान राखिएको छ । गृहमन्त्री रमेश लेखकले पद सम्हालेपछि दर्जनौं प्रजिअ फेरबदल गर्दा पनि भट्टराईलाई भने यथावत राखिएको छ ।

    प्रजिअ भट्टराईले मोरङका उद्योग ब्यवसायीलाई हदै सास्ती दिएर आर्थिक संकलन गर्दैआएको आरोप छ । गृहमन्त्री रमेश लेखकले उद्योगी ब्यापारीलाई दुःख दिने, आतंकित बनाउने प्रजिअ भट्टराईलाई सरुवा नगरेकोमा आश्चर्य मानिएको छ । उद्योगी ब्यवसायीहरु त्यसै पनि मन्दीको शिकार भइरहेको बेला प्रजिअ भट्टराईले घुस मागेर थप पीडा दिने काम गरेको आरोप छ ।

    प्रजिअ भट्टराईले परिवारका सदस्य र आफन्तहरुलाई रक्सौलबाट लाखौंका ब्यक्तिगत सामान खरिद गर्न लगाउने, उद्योग प्रतिष्ठानबाट विभिन्न नेता र मन्त्रीका नाममा आर्थिक सहयोग माग्ने, नदिए अनेक निहुँ बनाएर दुःख दिने कार्य गरेको दुखेसो प्रधानमन्त्री कार्र्यालयसम्म पुगेको छ । स्रोतका अनुसार कांग्रेस नेता शेखर कोइरालाको निगाहमा मोरङको प्रजिअ बन्न सफल भएका भट्टराईले उनको नाममा समेत असुली गर्ने गरेको आरोप छ । भन्सारका कर्मचारीसँग समेत प्रजिअ भट्टराईले आफन्तहरुको माग पूरा गराउन दबाब दिने गरेको आरोप छ ।

    अहिले कोइरालाकै चाकडी गरी उनी मोरङमा टिक्न खोजिरहेका छन् । थुप्रै प्रजिअको सरुवा हुँदासमेत उनी कोइरालाको आडभरोसा पाएर टिकिरहेका छन् । कोइरालाले यस्ता विवादित र आर्थिक रुपमा भ्रष्ट भट्टराईलाई संरक्षण गरेकोमा उद्योगी ब्यवसायी आश्चर्यमा परेका छन् । उल्टै कोइरालाले भट्टराईजस्ता काबिल प्रजिअ मोरङले कहिल्यै पनि नपाएको भनेर निकटस्थत कार्यकर्ताहरुसँग भनेर जगहँसाउने कार्य गरेका छन् ।

    चाकडी र चाप्लुसीमा माहिर भट्टराई जागिरका अधिकांश समय आकर्षक कार्यालयमा बिताउँदैआएका छन् । सहसचिवमा बढुवा भएपछि लुम्बिनी प्रदेशको आन्तरिक मामिला मन्त्रालयको सचिव, प्रदेशसभाको सचिव हुँदै लामो समय ललितपुर महानगरको प्रमुख प्रशासकीय अधिकृत बन्न सफल भएका थिए । ललितपुरका मेयर चिरीबाबु महर्जनलाई प्रभावमा पारी उनी त्यहाँ सरुवा भएका थिए । लामो समय ललितपुर महानगरमा बस्दा सप्लायर्स, ठेकेदार, उद्योगी ब्यापारीहरुमार्फत् करोडौं असुली गरेको आरोप लागेको थियो ।

    कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापामार्फत् हालकी परराष्ट्रमन्त्री आरजु राणासँग कनेक्सन मिलाएका सहसचिव भट््टराईले सोही सम्बन्धका कारण भक्तपुरको प्रमुख जिल्ला अधिकारी बने । आरजुलाई नै खुसी पारी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको महानिर्देशक बने । उनी महानिर्देशक रहेसम्म परेका उजुरी नासु प्रकाश सापकोटा र प्रहरी निरीक्षक दानसिंह मडैमार्फत् सेटिङ गरी करोडौंको चलखेलमा सबै तामेलीमा हालेका थिए ।
    विभागको इतिहासमै उनको कार्यकालमा सबैभन्दा कम मुद्दा दर्ता भएको थियो । सबैभन्दा उजुरी तामेलीमा राखिएको थियो । प्रत्येक उजुरी तामेलीमा राख्दा मोलमोलाईका आधारमा करोडौं असुलेर राखिएको बिभागमा कार्यरत त्यतिबेलाका एक उपसचिव बताउँछन् ।

    महानिर्देशक हुँदा कबोल गरेको रकम आरजुलाई नबुझाएपछि बिभागबाट तानिएका भट्टराईको सम्बन्ध त्यसपछि बिग्रन पुगेको थियो । बिचौलियाहरुले कबोल गरेको रकम नब्ुझाएपछि भट्टराई बुढानीलकन्ठ दरबारमा कालोसूचीमा परेका थिए । बिभागमा हुँदा करोडौं असुलेको सूचना आरजुकोमा पुगेको तर भट्टराईले कबोल गरेको रकम समेत नबुझाएकाले उनी कालोसूचीमा परेको बताइन्छ । त्यसपछि कोइराला क्याम्पमा छिरेका भट्टराई डा. शेखरमार्फत् मोरङको प्रजिअ बन्न सफल भए । अहिले सकेसम्म ललितपुर, नपाए मोरङमै टिक्न उनी डा. शेखरको दिनरात धाउने गरेका छन् ।

    उपसचिव हुँदा अख्तियारमा कार्यरत थिए प्रेम भट्टराई । अख्तियारमा हुँदा नैै उनी अदालतमा मुद्दा सेटिङमा पनि लागेको आरोप लागेको थियो । तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, दीपकराज जोशी र चोलेन्द्रशमशेर राणासँग कनेक्सनमा रहेका बिचौलियाका रुपमा बदनाम थिए । उनले चोलेन्द्रशमशेर राणा र उनका भाइ प्रभुशमशेरको बिरुद्ध परेको सम्पत्ति शुद्धीकरणको उजुरीमा पनि सेटिङमा तामेलीमा हालेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार