लहान । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले तराई मधेश जनताको आर्थिकस्तर उकासन सरकार लागिपरेको बताएका छन् ।
सिरहाको गोलबजार–जम्दह–लगडीगदियानी सडक निर्माण कार्यको आज शिलान्यास गर्दै उहाँले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाहरु अघि सारेको बताए ।
‘‘बजेट पर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउँछ”, मन्त्री नेम्वाङले भन्नुभयो, “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।”
उनले तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालु आर्थिक वर्षमा ३२ वटा विकासका योजनाहरु ल्याएको जानकारी दिदैं सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लाहरुलाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको बताए ।
वर्तमान सरकारकै पालामा पूर्वपश्चिम राजमार्ग ६ लेन, तराईमा राष्ट्रिय रेलमार्ग निर्माण, प्रदेश नं २ मा अन्तरराष्ट्रिय विमानस्थल निर्माणसँगै सिरहाको कर्जन्हाको बन्दीपुर उत्तरबाहिनी सडकलाई सिन्धुली, दुधौली र कटारी जोड्ने सडक छिटै विस्तार गरी सडक सञ्जालमार्फत तराई मधेश, पहाड र हिमालको सम्बन्धलाई विस्तार गर्ने बताए ।
कार्यक्रममा महिला तथा बालबालिकामन्त्री लिलानाथ श्रेष्ठले सरकारले प्रदेश नं २ लाई प्राथमिकता राखेर अधिकांश योजनाहरु बनाएको उल्लेख गर्दै तराई मधेशको लाइफलाइनको रुपमा रहेको हुलाकी राजमार्गको कार्य तीव्र रुपमा भइरहेको बताए ।
सिरहाको गोलबजारदेखि लगडीगदियानीसम्मको करिब २५ किलोमिटर सडक छिटै कालोपत्रे गरिने योजना रहेको सडक विभागले जनाएको छ । रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend