काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रमाथि कुनै पनि सङ्कट आउन नदिइने बताउनुभएको छ । कांग्रेसले आज देशव्यापीरुपमा आयोजना गरेको विरोध प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला कार्यसमितिको कार्यक्रममा उहाँले मुलुकमा भ्रष्टाचार, असुरक्षा, महिला हिंसा र पक्षपात बढेको बताउँदै भन्नुभयो, “राज्यको ढुकुटी मासेर कार्यकर्ता पोस्ने र जनतालाई लोभ देखाएर पार्टी प्रवेश गराउने विषय पनि लोकतन्त्रका लागि खतरा हो ।”
सरकारले गाउँ फर्किएका युवालाई रोजगारीको व्यवस्था गर्न नसकी पुनः विदेशिनुपरेको र किसानका समस्या समाधानमा प्रभावकारी काम गर्न नसकेको उहाँको आरोप थियो । सरकारले योजना र सोचविना समृद्धिको नारा मात्रै अघि सारेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, “वर्तमान सरकारले जनतालाई प्रभावकारीरुपमा सेवा प्रवाह सकेन, कांग्रेसले आगामी निर्वाचनमा जनतामाझ गएर त्यसको हिसाबकिताब माग्नेछ ।”
कार्यक्रममा पार्टी केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले मुलुकमा कोरोना भाइरस सङ्क्रमणको महामारीका बेला पनि स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको आरोप लगाउँदै लोकतन्त्रको संरक्षणका लागि कांग्रेस सडकमा आएको बताउनुभयो ।
पार्टी केन्द्रीय सदस्य एवं सङ्घीय सांसद डा डिला सङ्ग्रौलाले रोग र भोकले ग्रसित जनताका मौलिक अधिकार कार्यान्वयनमा सरकार असफल भएको टिप्पणी गर्नुभयो । सङ्घीय सांसद भीमसेनदास प्रधानले कोरोनाका कारण राज्यका हरेक क्षेत्र प्रभावित भए पनि सरकारले उचित काम गर्न नसकेको आरोप लगाउँदै भ्रष्टाचार भनिएका विषयमा तत्काल छानबिनको माग गर्नुभयो ।
सङ्घीय सांसद राजेन्द्रकुमार केसीले लोकतन्त्रमाथि खतरा देखिएको जनाउँदै काठमाडौँ उपत्यकावासी एकपटक पुनः लोकतन्त्र र परिवर्तनका लागि सडकमा आउनुपर्ने बेला बताउनुभयो । विभिन्न प्लेकार्ड र ब्यानरसहितका जिल्लाका विभिन्न स्थानबाट आएको कांग्रेसको जुलुस राजधानीको शान्तिवाटिकामा भेलामा परिणत भएको थियो ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend