काठमाडाैँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले रोजगारमूलक, सीपमूलक र प्रतिष्पर्धी शिक्षा देशका लागि आवश्यक रहेको बताउनुभएको छ । पोखरा महानगरपालिका–५ मालेपाटनमा अवस्थित बाराही माध्यमिक विद्यालयमा सात कोठाको पक्की भवनको आज शिलान्यास गर्दै उहाँले विकसित मुलुकको जनशक्तिसँग प्रतिस्पर्धा गरी श्रेष्ठता हासिल गर्न सक्ने खालको शिक्षा आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले सामुदायिक विद्यालयमा कक्षा कोठा, खेल मैदान, ल्याबलगायतका पूर्वाधारसँगै पठनपाठन गुणस्तरीय हुनुपर्ने आवश्यकता औँल्याउनुभयो । अध्यक्ष तिमिल्सिनाले एसइईमा मात्र नभई उच्च शिक्षा, विश्वविद्यालय तथा विश्वका जुनसुकै विश्वविद्यालयमा उत्कृष्टता हासिल गर्ने विद्यार्थी उत्पादन गरेर विद्यालयले गर्व गर्न सक्ने वातावरण बन्नु आवश्यक रहेकामा जोड दिनुभयो ।
गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले सामुदायिक विद्यालयमा पछिल्लो समयमा भौतिक पूर्वाधारलगायत लगानी वृद्धि भए पनि त्यसबाट प्रतिफल भने न्यून मात्र प्राप्त भएको बताउनुभयो । पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरका ७० प्रतिशत विद्यार्थी निजी र ३० प्रतिशत मात्र सामुदायिक विद्यालयमा अध्ययन गर्ने गरेको जानकारी दिँदै सामुदायिक विद्यालयका शिक्षकको तलब भत्तामा वार्षिक रु एक अर्ब ३० करोड खर्च हुने जानकारी दिनुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीले नयाँ बन्ने भवन निर्धारित समयभित्र सम्पन्न गर्नका लागि सरोकार भएकाबाट निरन्तर निगरानी आवश्यक रहेकामा जोड दिनुभयो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको रु दुई करोड २३ लाखमा लागतमा सात कोठाको साढे तीन तलाको भवन आगामी असार मसान्तसम्म निर्माणका लागि बानियाँ कन्स्ट्रक्सन हेटौँडासँग ठेक्का सम्झौता गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद बरालले जानकारी दिनुभयो । महानगर प्रमुख जिसीले आज नै प्राधिकरणको रु ७८ लाख लगानीमा निर्माण गरिएको चार कोठाको पक्की विद्यालय भवनको उद्घाटन गर्नुभयो ।
यसैगरी सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशको रु आठ लाख बजेटबाट विद्यालयमामा बाल उद्यान पनि निर्माण गरिएको छ । विद्यालयमा गण्डकी प्रदेशसभा सदस्य पहारीले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको गत वर्षको रु पाँच लाख ५० हजार लागतमा खानेपानी आयोजनाको उद्घाटन गर्नुभयो । विसं २०१४ मङ्सिर १५ गते स्थापना भएको विद्यालयमा प्राथमिक बाल विकास केन्द्रदेखि कक्षा १२ सम्म गरी ८५० विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक शिवप्रसाद भण्डारीले जानकारी दिनुभयो ।
–––
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend