काठमाडाैँ । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले संसद्को अधिवेशन छिटोभन्दा छिटो बोलाउन सरकारसँग माग गर्नुभएको छ । कांग्रेस जिल्ला समिति भक्तपुरले आज सूर्यविनायकमा आयोजना गरेको विरोध कार्यक्रममा उहाँले देशमा भएका समस्याको समाधान संसद्बाटै खोज्नुपर्ने भएकाले तत्काल संसद् बैठक बोलाउन माग गर्नुभयो ।
कांग्रेससँग निर्वाचन कुर्नाको विकल्प नभएको जनाउँदैै उहाँले आगामी निर्वाचनको तयारीका लागि गाउँगाउँमा जान कार्यकर्तालाई आह्वान गर्नुभयो । करीब तीन वर्षका अवधिमा जनताले दिएको मतको सरकारले कदर गर्न नसकेको र जनताले चाहेअनुसार सरकार नगएको आरोप लगाउँदै उहाँले प्रतिपक्ष दलले शिलान्यास र उद्घाटनसमेत गर्न नहुने गरी रोक्नु गलत भएको जिकिर गर्नुभयो ।
सरकार भ्रष्टाचार नियन्त्रण, सुशासन, रोजगारीको व्यवस्था, कोरोना नियन्त्रणजस्ता विषयमा गम्भीर हुनुपर्ने उहाँले औँल्याउनुभयो । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वराज्यमन्त्री सीता गुरुङ, आमन्त्रित केन्द्रीय सदस्य रमा पौडेल, भक्तपुर जिल्ला सभापति दुर्लभ थापालगायतले सरकारले जनभावनानुकूल काम गर्नुपर्नेमा जोड दिनुभयो ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend